जनता अभियान शुक्रबार, आश्विन २२, २०७८
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले कात्तिक ५ गतेमात्रै विश्वासको मत लिने तयारी गरेका छन् । शुक्रबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने प्रस्ताव गरेका हुन् ।
उनले प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीसँगको भेटमा दसैँपछाडि विश्वासको मत लिने प्रस्ताव गरेका हुन् । विश्वासको मत लिनका लागि उनले असोज २४ गते प्रस्ताव दर्ता गराउने नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेश सांसद हिक्मतकुमार कार्कीले जानकारी दिए ।
दसैँअघि विश्वासको मत लिने समय नभएको बताउँदै उनले दसैँपछि विश्वासको मत लिने बताए । आजदेखि प्रदेश सभाको हिउँदे अधिवेशन सुरु हुँदै छ । बैठक सुरु हुनुभन्दा अघि मुख्यमन्त्री आचार्यले सभामुखसँग विश्वासको मत लिनेबारे छलफल गरेका हुन् ।
यहाँ कमेन्ट गर्नुहोस्