जनता अभियान आइतबार, फाल्गुण ०७, २०७९

एनएमबी लघुवित्त वित्तीय संस्थाले कर्मचारीहरूलाई तालिम दिएको छ । संस्थाले प्रदेश १ अन्तरगतका शाखामा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई क्षमता अभिवृद्धी तथा सम्पत्ती शुद्धिकरण सम्बन्धी तालिम दिएको हो । केन्द्रीय कार्यलयको आयोजनामा चारदिने तालिम दिएको हो ।
तालिम बिर्तामोड र इटहरीमा संचालन भएको थियो । तालिमको अवसरमा संस्थाले किसानहरूलाई लक्षित गरेर किसान सिरिजका कर्जाहरूको समेत लन्च गरेको छ । जसमा किसानले व्यवसायको पुर्वाधार निर्माणदेखि सम्पत्ती जोड्नका लागि कर्जा पाउने छन् भने व्यवसायको प्रकृतिका आधारमा भुक्तानी गर्न पाउने छन् ।
यसबाट किसानलाई व्यवसाय संचालन गर्न कर्जामा सहज हुने संस्थाले जनाएको छ । तालिमको संस्थाकै केन्द्रीय कार्यलयका विभिन्न विभागका प्रमुख, प्रदेश कार्यलय तथा क्षत्रीय कार्यालयका कर्मचारिहरूले सहजीकरण गरेका थिए । तालिममा प्रदेश १ अन्तरगतका १४ जिल्लामा रहेका ३६ वटा शाखाका १२० जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।
तालिमा प्रदेश एकका प्रदेश प्रमुख त्रृषिराज परियार, केन्द्रिय कार्यलायका कमल पोखरेल, प्रदिप पौडेल लगायते प्रशिक्षण दिइका थिए । तालिमले आफुहरुलाई काम गर्न थप हौसला प्रदान भएको तालिमा सहभागि लविपुर शाखाका कर्मचारी धिरज झाले बताए ।
एनमवि लुघुवित्ति वित्तय संस्थाले सातै प्रदेशका कर्मचारीहरुको लागि तालिम संचालन गरि रहेको केन्द्रिय कार्यलायका कमल पोखरेलले जानकारी दिनु भयो । यस संस्थाको देश भरि शाखा संचालन गरि लाखौ ग्राहकहरु वित्तिय सेवाद दिदै आएको छ ।