प्रधानमन्त्रीद्वारा राससको ६२औँ वार्षिकोत्सव समारोह उद्घाटन

जनता अभियान आइतबार, फाल्गुण ०७, २०७९

राज्यको आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सव समारोह भद्रकालीप्लाजास्थित राससको केन्द्रीय कार्यालयमा सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राससको ६२औँ वार्षिकोत्सव मूल समारोहको दीप प्रज्वलन गरी उद्घाटन गरेका छन् । वार्षिकोत्सवको अवसरमा आज सात वटै प्रदेश कार्यालयमा पनि कार्यक्रम आयोजना गरिएका छन् ।

राससले वार्षिकोत्सवको अवसर पारेर आजै उत्कृष्ट समाचारदाता, सम्पादक र कर्मचारीलगायतलाई पुरस्कार तथा सम्मान प्रदान गर्दैछ भने राससका बारेमा प्रकाशित पुस्तक पनि विमोचन हुने भएको छ ।

निजी क्षेत्रका दुई समाचार समिति एकापसमा गाभिएर विसं २०१८ फागुन ७ गते स्थापना भएको रासस आजदेखि ६२ वर्ष प्रवेश गरेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्