​ट्रेन्डिङ नम्बर वानमा ‘छक्का पञ्जा ४’को ट्रेलर

जनता अभियान आइतबार, फाल्गुण ०७, २०७९

दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ४’को ट्रेलर​ युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ ।

शुक्रबार बेलुका सार्वजनिक ट्रेलर केही घण्टामै ट्रेन्डिङमा उक्लिएको थियो । ट्रेलरले आइतबार बिहानसम्म ११ लाख प्लस भ्युज पाइसकेको छ ।

हेमराज बिसीको निर्देशन रहेको यो फिल्ममा दीपकराज र दीपाश्रीसँगै निर्मल शर्मा, केदार प्रसाद घिमिरे, बुद्धि तामाङ, राज आचार्य, बेदना राई, सुष्मा निरौला, नीर शाह, बेनिशा हमाल, सबिन बास्तोला लगायतका कलाकारहरूको अभिनय छ ।

यहाँ कमेन्ट गर्नुहोस्