जनता अभियान सोमबार, फाल्गुण ०८, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय शिक्षा ऐनमार्फत यस क्षेत्रका समस्या सम्बोधन हुने विश्वास व्यक्त गरेका छन् ।
सोमबार कास्कीको लेखनाथमा आयोजित पोखरा विश्वविद्यायलको दीक्षान्त समारोहमा उनले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन चुनौतीको विषय भएको उल्लेख गरे । यसलाई रोक्नुपर्नेमा आफू गम्भीर रहेको पोखरा विश्वविद्यायलका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले बताए ।
विदेशिने जनशक्तिलाई स्वदेशमै रोजगारी र सीपका माध्यमले बस्न सक्ने वातावरण निर्माण गर्नुपर्ने उनले बताए ।“विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न तपाईंहरूबीच चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दूरदर्शी भएर पोखरा विश्वविद्यालयलगायत मुलुककै प्रतिष्ठा उँचो राख्नुहुनेछ भन्ने आशा र विश्वास मैले राखेको छु,” उनले भने ।
यहाँ कमेन्ट गर्नुहोस्