राष्ट्रपतिको विषय सत्ता गठबन्धनसँग जोडिएको विषय होइनः देव गुरुङ

जनता अभियान सोमबार, फाल्गुण ०८, २०७९

राष्ट्रपति पद नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले कुनै दल विशेषको राष्ट्रपति हुन नसक्ने बताएका छन् ।

उनले संविधान विपरीत एमाले विशेषको राष्ट्रपति बनाउनुपर्छ भन्ने कुनै संविधानमा उल्लेख नभएको बताए । महासचिव गुरुङले सोमबार पार्टी कार्यालय पेरिस डाँडामा पत्रकारसँग कुरा गर्दै राष्ट्रपतिको विषय सत्ता गठबन्धनसँग जोडिएको विषय नभएको भन्दै संविधानको भावना र मर्मअनुसार आफूहरूले राष्ट्रिय सहमतिको कुरा गरिरहेको बताए ।

संविधानको भावनाअनुसार जानुपर्छ । संविधानको संरक्षक हो राष्ट्रपति पद । त्यसैले संविधानविपरित हामी मान्दैनौ’, गुरुङले भने, ‘दलहरूको जस्ट सिफारिस मात्र हो ।’  महासचिव गुरुङले प्रश्न गर्दै एमाले पार्टी विशेषको राष्ट्रपति हुन नसक्ने पनि बताए ।

यहाँ कमेन्ट गर्नुहोस्