राष्ट्रिय टीमबाट विदेशमा खेल्न पाउनुपर्ने माग लिएर सर्वोच्च जानो तयारीमा सन्दीप

जनता अभियान सोमबार, फाल्गुण ०८, २०७९

राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएका छन् ।

विदेशी भूमिमा राष्ट्रिय टीमबाट खेल्न सर्वोच्चको फैसलाबाट अवरोध पुगेपछि उनले पुनरावेदन गर्न लागेका हुन् ।काठमाडौं जिल्ला अदालतले सन्दीपलाई जेलमै राखेर पुर्पक्ष गर्ने आदेश दिएको थियो । त्यसका विरुद्ध सन्दीपले पाटन उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छोडिदियो । तर, उनलाई विदेश जान अदालतले रोक लगाएको छ । यसविरुद्ध सन्दीपले सर्वोच्चमा पुनरावेदन गर्ने भएका हुन् ।सन्दीपका वकिल सरोज घिमिरेले भोली पुनरावेदनको निवेदन लिएर जाने नेपाल बताए ।

यहाँ कमेन्ट गर्नुहोस्