जनता अभियान बुधबार, फाल्गुण १०, २०७९

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा.राजन भट्टराईले सत्ता गठबन्धन दलबीच भएको सहमतिअनुसार नै राष्ट्रपति बन्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल पाल्पाले बुधबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्।उनले भने‚ ‘गत पुस १० गते भद्र सहमति भएको छ। सहमतिअनुसार नै प्रचण्ड प्रधानमन्त्री बन्नुभएको हो। विश्वास छ, सहमति तोड्नु हुन्न। एमालेबाट राष्ट्रपति बन्नेमा कुनै शंका छैन।’ एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्ने उनले दाबी गरे।राष्ट्रपतिका लागि अहिले विभिन्न व्यक्तिका बारेमा छलफल भइरहेको छ।
फागुन १३ गतेसम्म सहमतिमै राष्ट्रपतिको उम्मेदवार टुंगो लाग्ने भट्टराईले बताए।राष्ट्रपतिका लागि चलखेल हुन सक्ने खतरा भने रहेको उनले बताए। राजनीतिक स्थिरताका लागि गठबन्धन दलबीचको सहमति कार्यान्वयन गर्नुको विकल्प नभएको उनले बताए।लोकतन्त्र र संविधान रक्षाका लागि दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा भट्टराईले जोड दिए।