जनता अभियान बिहिबार, फाल्गुण ११, २०७९

वेस्ट बैंकमा इजरायली सुरक्षा बलले गरेको आक्रमणमा ११ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।
साथै सो आक्रमणमा परी ८० जना घाइते भएका प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले बताएका छन । बुधबार बिहान इजरायली सुरक्षा बल पुरानो सहर नाब्लसमा प्रवेश गर्दा त्यहाँबाट विस्फोट र बन्दुकको आवाज सुनिएको थियो । इजरायलको सेनाले एउटा घरमा पसी त्यहाँ लुकेर बसेका ३ जना अतिवादीलाई मारेको बताएको छ ।
साथै सोही समयमा, बाहिर मारिएकाहरू मध्ये धेरै सामान्य व्यक्ति रहेका छन्। त्यसमा दुई जना वृद्धहरू भएको जनाइएको छ । इजरायली सेनाले गत महिना जेनिनमा पनि यस्तै आक्रमण गरेको थियो, जसमा १० जनाको मृत्यु भएको थियो।
यहाँ कमेन्ट गर्नुहोस्