जनता अभियान बिहिबार, फाल्गुण ११, २०७९

नेकपा (एमाले) का नेता डा. भीम रावलले नेपालमा विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्न थालेको भन्दै आपत्ति जनाएका छन् ।
आज सामाजिक सञ्जालमार्फत डा. रावलले नेताहरुका कारण नेपाली राजनीतिमा विदेशीको चलखेल सुरु भएको टिप्पणी गरेका हुन् । केही समयअघि नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा, भारतीय राजदूत नविन श्रीवास्तव र नेपालका लागि चिनियाँ राजदूत छन सोङ लगायतको सक्रियतालाई लक्षित गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भनेका छन्– ‘पदका लागि शीर्ष नेताहरूले जति छलफल गरेका छन त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि ? नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्नथाले । लज्जास्पद र निन्दनीय ।’
यहाँ कमेन्ट गर्नुहोस्