जनता अभियान बिहिबार, फाल्गुण ११, २०७९

क्रिकेटर सन्दीप लामिछाने विदेश जाने नेपाली टीमबाट ‘आउट’ भएका छन् ।
उनलाई धरौटीमा छाड्ने आदेश दिँदा उच्च अदालतले विदेश जान नपाउने शर्त राखेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले यूएई जाने खेलाडीको सूचीमा सन्दीप लामिछानेको नाम हटाएको छ ।
क्यानको सूचीमा प्रतिस जिसीको नाम थपिएको छ । अदालतको आदेशका कारण सन्दीपको नाम समावेश गरिएको छैन ।टीममा आरिफ शेखको पुनरागमन भएको छ । मिडिल अर्डर ब्याट्सम्यान आरिफ शेख स्कटल्यान्ड र नामिबियासँगको खेलमा टोलीमा थिएनन् ।
आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत नेपालले फागुन १५–२२ गतेसम्म यूएई र पपुवा न्युगिनीसँग खेल्ने कार्यतालिका छ । नेपाली टोली फागुन १३ गते यूएई जाँदैछ ।
यहाँ कमेन्ट गर्नुहोस्