तेह्रथुमको हात्तिखर्कमा आगलागी: १३ घर जले

जनता अभियान शुक्रबार, फाल्गुण १२, २०७९

तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडा स्थित हातिखर्कमा आगलागी भइरहेको छ ।

जंगलमा लागेको गाउँमा पसेको हो । अहिलेसम्म १३ घर जलेर नष्ट भएको छ ।

आगलागी नियन्त्रणमा आउन सकेको छैन । हावाहुरी चलेकाले आगलागी फैलिएको छ।

घोडेटार समुदायिक वनबाट आगो बस्तीमा आएको हो।आगलागी नियन्त्रणका लागि गाउँले प्रयास गरेपनी सफल हुन सकेका छैनन् ।

यहाँ कमेन्ट गर्नुहोस्