नेपालले कुवेतलाई दियो ३४४ रनको विशाल लक्ष्य

जनता अभियान शनिबार, फाल्गुण १३, २०७९

आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा अर्जुन कुमाल र देव खनालको शतक मद्दतमा नेपालले कुवेतलाई ३४४ रनको लक्ष्य दिएको छ ।

युएईमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३४३ रन बनाएको हो ।नेपालका लागि विस्फोटक ब्याटिङ गरेका देव खनाल १२५ रनमा आउट भए ।

११७ बलको सामना गरेका उनले ९ चौका र ३ छक्का हानेका थिए ।यस्तै कुमाल १०८ रनमा आउट भए । ११२ बल खेलेका उनले १२ चौका हानेका थिए ।विशाल विक्रम केसी २३ तथा दीपक बोहरा १९ रनमा आउट भए । ओपनर दीपक बोहोराले १३ रन बनाए । आकाश त्रिपाठी र सुवास भण्डारी २ रन बनाउँदै आउट भएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्