जनता अभियान आइतबार, फाल्गुण १४, २०७९

केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगितको सेमिफाइनल खेल आजबाट हुँदैछ ।
पहिलो सेमिफाइनलमा आज सातदोबाटो युथ क्लव र विभागिय क्लव त्रिभुवन आर्मी फुटबल क्लवबिच हुनेछ । खेल दिउँसो ३ बजे एन्फा मुख्यालयको मैदानमा हुनेछ । सातदोबाटोले विभागिय क्लव नेपाल पुलिसलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।
त्यस्तै आर्मीले न्युरोड टिम (एनआरटी)लाई ट्रईब्रेकरमा ५–४ले पराजित गर्दै सेमिफाइनलमा सातदोबाटोसँगको भेट पक्का गरेको थियो । भोली हुने दोस्रो सेमिफाइनलमा आयोजक युवा संघको टोली केपी ओली एफसीले ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्ललसँग खेल्नेछ ।
फाल्गुन १७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पुरस्कार प्राप्त गर्नेछन । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।
राष्ट्रिय युवा संघले आफ्नो पार्टीका अध्यक्ष तथा युवा संघका सस्ंथापक अध्यक्ष केपी ओलीको जन्मोत्सव पारेर प्रतियोगिता आयोजना गरेको हो ।