जनता अभियान मंगलबार, फाल्गुण १६, २०७९

नेपाली चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच सम्बन्धविच्छेद भएको छ ।
जिल्ला अदालत काठमाडौंले उनीहरूबीचको सम्बन्धविच्छेदको मुद्दा टुंगो लगाएको हो ।शिल्पाको दाबी पुग्ने गरी आइतबार न्यायाधीश शंकरबहादुर राईको एकल इजलासले फैसला गरेको हो । योसँगै शिल्पाले छविको सम्पत्तिको आधा भाग पाउने भएकी छन् ।अदालतले हिजो नै छविको पहिलो श्रीमती हेमा ओझाले दायर गरेको बहुविवाहको मुद्दामा दाबी नपुग्ने फैसला गरेको छ ।
“हिजो सम्मानित काठमाडौं जिल्ला अदालतबाट छवि ओझाविरुद्धको मेरो मुद्दामा मलाई जिताउने सम्पूर्ण निर्णयले मैले सम्मानित अदालतबाट न्याय पाएको महसुस गरेको छु,” शिल्पाले फेसबुकमा लेखेकी छन्, “यस कठिन समयमा मलाई बलियो साथ दिने सबै परिवारजन, आमा, बुवा, दाइ, भाउजू, साथीहरू, संघसंस्था तथा विशेष सहयोगको लागि वरिष्ठ अधिवक्ता रमेश गुरागाईंज्यू र अधिवक्ता मनोज यादवज्यूलाई कृतज्ञता तथा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।”