जनता अभियान बिहिबार, फाल्गुण १८, २०७९

विकासराज आचार्यको निर्देशनमा रहेको नेपाली कथानक चलचित्र ‘नाइँ नभन्नू ल–६’को फष्र्ट लुक सार्वजनिक भएको छ ।
निर्माण पक्षका अनुसार वैशाख १ गते चलचित्र प्रदर्शनमा आउनेछ । छोटो भिडियो सार्वजनिक गरेको निर्माण पक्षले चलचित्रमा एक्सन पनि समावेश भएको संकेत दिएको छ । चलचित्रमा आँचल शर्मा, आशीर्वाद क्षेत्री, प्रियंका कार्की, केकी अधिकारीलगायत कलाकारको अभिनय छ । फस्र्टलुकमा भने आशीर्वाद र आँचल मात्रै समावेश छन् ।
यहाँ कमेन्ट गर्नुहोस्