यू-१९ः नेपालद्वारा यूएईलाई १९२ रनको लक्ष्य

जनता अभियान बिहिबार, फाल्गुण १८, २०७९

आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा नेपालले युएईलाई १९२ रनको लक्ष्य दिएको छ ।

आजमानमा रहेको इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १९१ रन बनायो ।नेपालका लागि कप्तान देव खनालले ५१ रनको अर्धशतकीय पारी खेले । देवले ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।त्यस्तै विशाल विक्रम केसीले ३८ रन बनाउँदा उत्तम मगरले ३६ रनको योगदान गरे । नेपालका लागि दिपेश कडेलले रन बनाउँदा हेमन्त धामी १३ तथा मिलन बोहोराले १० रनको योगदान गरे ।

बलिङतर्फ यूएईका लागि धुरुव प्रशारनले तीन विकेट लिए । त्यस्तै हरित हरिस सेट्टी र आर्यान आफिज खानले दुई–दुई विकेट लिए ।आजको खेल नेपालका लागि निर्णायक छ । आजको खेलमा नेपालले जित निकाल्न सकेमा सन् २०२४ मा श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ ।

यहाँ कमेन्ट गर्नुहोस्