प्रदीप पौडेल र बालेन शाहबीच भेटवार्ता

जनता अभियान बिहिबार, फाल्गुण १८, २०७९

प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ ।

भेटमा काठमाडौं क्षेत्र नम्बर–५ र महानगरको विकासका लागि संघ र स्थानीय सरकारबीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको सांसदले पौडेलले जानकारी दिए ।छलफलमा आफूहरूले विभिन्न विषयमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको उनले फेसबुकमार्फत जानकारी गराएका छन् ।

कलंकीदेखि धोबीखोलासम्म रिङरोड विस्तारलाई तीव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने, सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढंगले निर्माणकार्य अघि बढाउनेलगायत सातबुँदे प्रतिबद्धता उनीहरूले व्यक्त गरेका छन् ।

 

यहाँ कमेन्ट गर्नुहोस्