राष्ट्रपति भण्डारीद्वारा दोलखा भिमसेनको दर्शन

जनता अभियान बिहिबार, फाल्गुण १८, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले दोलखा भिमसेनको दर्शन गरेकी छन् । बिहीवार राष्ट्रपति भण्डारीले दोलखा बजारमा रहेको मन्दिरमा पुगेर ‘दोलखा भिमसेन’को दर्शन गरेकी हुन् । राष्ट्रपति भण्डारीले पहिलोपटक दोलखा भीमसेनको  दर्शन गरेकी छन् । उनी बिहान करिब १० बजे नेपाली सेनाको हेलिकप्टर मार्फत सदरमुकाम चरिकोट आइपुगेकी थिइन् ।

मन्दिर दर्शन गरेपछि राष्ट्रपति भण्डारी ग्रामीण विकास टुकी सङ्घ दोलखा र  सिन्धुपाल्चोकले संयुक्त रुपमा आयोजना गरेको टुकी प्रदर्शनी कार्यक्रममा सहभागी भएकी थिइन् । प्रर्दशनी कार्यक्रमा चरिकोटस्थित सिमपानी सभाहलमा आयोजना गरिएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्