जनता अभियान शुक्रबार, फाल्गुण १९, २०७९

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले केपी ओली नसुध्रिएको बताएका छन् ।
आठ दलीय गठबन्धनद्वारा शुक्रबार आयोजित राष्ट्रपति निर्वाचनबारे बागमती प्रदेशका सांसदहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्।पाण्डेले केपी ओलीले नेपाली राजनीतिमा जालझेल गरेको आरोप लगाए। उनले भने, ‘केपी ओली सुध्रिएका छैनन्।
उनले पटकपटक आफ्नो गल्ती स्वीकार गरेका छैनन्। त्यसकारण उनीसँगै कुनै वार्ता हुँदैन।’पाण्डेले राष्ट्रपतिको उम्मेदवारी दर्ता हुनु दुई दिन अगाडि माधवकुमार नेपाल ओलीले चार घण्टा छलफल गरेको दाबी गरे।
सो भेटपछि ओलीले भ्रम सिर्जना गर्ने, माओवादी, कांग्रेस र एसको सहकार्य टुटाउने प्रयास गरेको, एकीकृत समाजवादी पार्टीलाई मिलौं भनेर निल्न खोजेको आरोप उनले लगाए।
यहाँ कमेन्ट गर्नुहोस्