आईसीसी विश्वकप लिग-२ मा पपुवा न्युगिनीविरुद्ध नेपालको दोस्रो विकेट

जनता अभियान शुक्रबार, फाल्गुण १९, २०७९

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले टस हारेर पहिले बलिङ गरेको नेपालले रन आउटका रुपमा दोस्रो विकेट लिएको हो । पीएनजीका सेसे बाउ १८ औं ओभरको तेस्रो बलमा ३२ रन बनाएर रन आउट भए ।

यसअघि नेपालका लागि सन्दीप लामिछानेले ११ औं ओभरको पहिलो बलमा किप्लिन दोरिगालाई एलबीडब्लू आउट गराएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्