जनता अभियान शुक्रबार, फाल्गुण १९, २०७९
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अहिले पुनर्जीवित भएको ८ दलीय गठबन्धन बलियो बनाउने विन्दु राष्ट्रपति निर्वाचन भएको बताएका छन् ।
राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गराउन ८ दलीय गठबन्धनद्वारा कोसी प्रदेश सांसदका लागि विराटनगरमा शुक्रबार आयोजित अभिमुखीकरण गोष्ठीमा उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री र नागरिकता विधेयक राष्ट्रपतिले अस्वीकार गरेको हुँदा देशको समग्र अभिभावकत्व लिन सक्ने व्यक्तिका रूपमा गठबन्धनबाट वरिष्ठ नेता पौडेलले उम्मेदवारी दिएको शर्माले बताए ।
राष्ट्रपति पद सेरेमोनियल हुँदा पनि पदको भूमिका आवश्यक हुने गरेको तर योग्य व्यक्ति उक्त पदमा नहुँदा देशले प्राप्त गरेको उपलब्धि गुम्ने जोखिम आउने गरेको उनले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्