जनता अभियान शुक्रबार, फाल्गुण १९, २०७९

आजदेखि हलमा दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् ।
दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पञ्जा ४ र अनमोल केसी अभिनित २।० छड्के आजदेखि प्रदर्शनमा आएका हुन । छक्का पञ्जा ४ मा दीपक र दीपाश्री निरौला बाहेक बेनिशा हमाल, केदारप्रसाद घिमिरे, बुद्धि तामाङ्ग, नीर शाह, अनुरागमान सिंह कुँवर, निर्मल शर्मा, मलिना जोशी, राज आचार्य लगायतको अभिनय रहेको छ ।
चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र दीपक स्वयंको कथा, पटकथा तथा संवाद छ । आमा सरस्वती मुभिज र आईएमईको संयुक्त प्रस्तुति रहेको ‘छक्का पञ्जा ४’को निर्माताहरुमा दीपेन्द्र खनियाँ र केशव न्यौपाने हुन । यो फिल्मको कार्यकारी निर्माताहरु केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् भने चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन ।
यहाँ कमेन्ट गर्नुहोस्