जनता अभियान शनिबार, फाल्गुण २०, २०७९

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल कलको शुल्क घटाउन पल्स प्रति सेकेण्ड (पीपीएस) लागू गर्ने भएको छ ।
प्राधिकरणको रजत जयन्तीको अवसरमा आज राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुरुषोत्तम खनालले यस्तो जानकारी दिएका हुन् । उनले हालको प्रति १० सेकेण्ड पल्सलाई एक सेकेण्डमा ल्याउन अध्ययन भइरहेको बताए । हालको नियमानुसार मोबाइलमा १ सेकेण्ड कल गर्दा १० सेकेण्डकै शुल्क लाग्ने गरेको छ । यसले गर्दा प्रयोगकर्तालाई मोबाइल कलको शुल्क महँगो पर्ने गरेको छ ।
प्रति सेकेण्ड पल्स रेट लागू भए उपभोक्ताले जति सेकेण्ड कुराकानी गर्छन, त्यति नै समयको शुल्क तिरे पुग्नेछ ।
यहाँ कमेन्ट गर्नुहोस्