दसैँ–तिहार लक्षित मैथिली गीत ‘गितिया गावै छै कोयल’ सार्वजनिक

जनता अभियान आइतबार, आश्विन २४, २०७८

विकल श्रेष्ठको निर्देशन रहेको दशै – तिहार लक्षित मैथिली गीत ’’ गितिया गाबै छै कोयल’’ को भिडियो सार्वजनिक गरिएको छ । चन्दन आङ्लेको शब्द रहेको गीतमा गायिका सुस्मिता सिंहको आवाज रहेको छ । भिडियोमा बिरेन्द्र मेहताको लगानी रहेको छ । गायिका सिंह र निर्माता मेहता पति÷पत्नि श्रीमती हुन् । मैथिली गीतलाई दर्शक–स्रोता माझ ल्याउन दुबै पति÷पत्नि विराटनगरमा रहेर संगीतिक क्षेत्रमा संघर्ष गरिरहेका छन् ।

धिरेन शाहको छायांकन र निर्देशक श्रेष्ठको सम्पादन रहेको भिडियोमा बिजया नेपाल, करण कुमार राजबङ्सी , बिक्की राजबङ्सी लगायतको अभिनय छ ।

यहाँ कमेन्ट गर्नुहोस्