‘पठान’ले तोड्यो ‘बाहुबली २’को रेकर्ड

जनता अभियान आइतबार, फाल्गुण २१, २०७९

 अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’ले ‘बाहुबली २’को रेकर्ड तोडिदिएको छ ।

शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्मले अर्का अभिनेता प्रभासको फिल्म ‘बाहुबली २’को रेकर्ड तोडिदिएका छन । यो कुराको जानकारी ‘पठान’का निर्देशक सिद्धार्थ आनन्दले ट्वीटमार्फत दिएका छन् । ‘पठानले बाहुबली २ को हिन्दी संस्करणको लाइफ टाइम कलेक्सन तोडेको छ । मेरो लागि यो गर्वको अवस्था हो । एकपटक पुनः दर्शकलाई दिन चाहन्छु, जसले यति धेरै माया दिए’, उनले ट्वीटेका छन् ।

प्रभास, राणा दग्गुबाती, अनुष्का शेट्टी र राम्या कृष्णनन स्टारर फिल्म ‘बाहुबली २’को हिन्दी भर्सनले बक्सअफिसमा करिब ५ सय ११ करोड कमाई गरेको थियो । ‘पठान’ले रिलिजको ३८ औं दिनमा बक्सअफिसमा ७० लाख रुपैंयाँ कमाएको थियो । व्यापार विश्लेषक तरण आदर्शका अनुसार पठानले हालसम्म बक्सअफिसमा ५ सय १० दशमलब ६५ करोड रुपैंयाँ कमाइसकेको छ । निर्देशक सिद्धार्थले भने फिल्मले ५ सय ११ करोड रुपैंयाँको आँकडा पार गरिसकेको दाबी गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्