जनता अभियान आइतबार, फाल्गुण २१, २०७९

कोशी प्रदेशको सुनसरी, उदयपुर र धनकुटाबाट १६९ किलो गाँजा सहित तीन जना पक्राउ परेका छन् ।
मिर्चैया नगरपालिका–४ सिराहाका २२ बर्षीय ललित सिंह, धरान–१६ का ४० बर्षीय सुकेन्द्र लिम्बु र पाख्रिवास ९ धनकुटा घर भई धरान १७ बस्दै आएका २८ बर्षीय नविन राई पक्राउ परेका हुन् ।
उदयपुरको कटारी नगरपालिका–१ कालिखोला एरियामा लागूऔषध गाँजाको ओसार पसार भइरहेको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी सिंहलाई पक्राउ गरेको हो ।
शनिबार प्रदेश २–०१–००१ प १५२६ नम्बरको स्कुटरमा सवार रहेका सिंहलाई चेकजाँच गर्ने क्रममा प्रहरीले २२ किलो गाँजा सहित नियन्त्रणमा लिएको हो ।
यसैगरी वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१३ बाट साढे ४१ किलो गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।
गाँजाको ओसार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउँदै गरेको बा १३ च २६८ नम्बरक कारलाई रोकेर चेकजाँच गर्ने क्रममा दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले गाजाँसहित कार चालक लिम्बु र कारमा सवार राईलाई नियन्त्रणमा लिएको हो । यसैगरी धनकुटाको साँगुरी गढी गाँउपालिका–८ बाट १०६ केजी गाँजा बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले सडकमा रोकी राखेको को १ ज १८११ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा १०६ केजी गाँजा बरामद गरेको हो ।
फरार पिकअपमा चालकको खोजि भइरहेको तथा पक्राउ परेका तीन जनाविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।