विराटनगरमा `इन्जिनियर होली´ बर्ष भरिका थकानलाई उमंगमा बदल्दै 

दिपेन्द्र मैथिल सोमबार, फाल्गुण २२, २०७९

विराटनगर, कोशी प्रदेशका इन्जिनियरहरुले होली को कार्यक्रम सम्पन्न गरेका छन् । प्रदेश भरि विभिन्न कार्यालय र संस्थामा कार्यरत करिब २०० भन्दा बढी इन्जिनियरहरू एकत्र भएर आईतवार सामुहिक होली उत्सव मनाएका हुन् ।

नेपाल इन्जीनियर्स एसोशिएसन कोशी प्रदेश कार्यसमितीले विराटनगर – १० तिनटोलियास्थित आफ्नै विल्डिंगमा कार्यक्रम आयोजना गरेको हो ।

राष्ट्र निर्माणका अभिभारा बोकेका प्राविधिक इन्जिनियरहरू वर्ष भरिका थकान र तनाबलाई बिर्सिने गरि साथीहरु संग खुशि साटासाट गरेका हुन् । एक अर्कालाई रंग अविर दलेर उमंग मनाइरहेका तस्विरहरु सामाजिक संजालमा सेयर गरिएका छन् ।

एशोसियसनका प्रदेश कार्यसमिती सभापति
ई जयनाथ यादवको नेतृत्वमा भएको कार्यक्रमले आफ्नो मौलिक तथा सांस्कृतिक पर्व त्योहारहरूको विशिष्टता प्रति आकर्षण बढाउने प्रयत्न गरेको देखिन्छ ।

अहिलेको तनावयुक्त जिवनशैलीमा फगुवा/ होली पर्वको अपरिहार्यता उच्च रहेको सभापति ई यादवको भनाई छ । यादव नेतृत्वको प्रदेश समितिले विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु निरन्तर सक्रियताको साथ आयोजन गर्दै आएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्