आइसिसी विश्वकप लिग-२: नेपालका ओपनर आसिफ शेख आउट

जनता अभियान सोमबार, फाल्गुण २२, २०७९

नेपालका ओपनर आसिफ शेख आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध आउट भएका छन् ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ५ ओभरमा १ विकेट गुमाउँदै १४ रन बनाएको छ । नेपालका ज्ञानेन्द्र मल्ल ७ र उनलाई कुशल मल्लले साथ दिनेछन् । तीव्र गतिका बलर जुनैद सिद्दिकको पाँचौं ओभरको दोस्रो बलमा आसिफ शेख सट लेगमा आयन खानले उत्कृष्ट क्याच लिएपछि ६ रनमा पेभिलिएन फर्केका छन् ।

नेपालले तेस्रो नम्बरमा युवा ब्याटर कुशल मल्ललाई ब्याटिङको लागि पठाएको थियो । कुशलले पहिलो खेलमा युएईविरुद्ध ६० रनको इनिङ खेलेका थिए । कुशल आक्रामक ब्याटिङसँगै बायाँ हाते ब्याटर हुँदा अघि पठाएको छ ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । घाइते ओपनर कुशल भुर्तेलको स्थानमा नेपालले आज तीव्र गतिका बलर प्रतिश जि.सीलाई मौका दिएको छ । प्रतिशले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालको लागि डेब्यू गरेका थिए ।

उक्त खेलमा ६ ओभरमा ३७ रन खर्चेर १ विकेट लिएका प्रतिश त्यसपछि भने बेन्चमा थिए । प्रतिश बायाँ हाते तीव्र गतिका बलर हुन् । तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । पहिलो खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्