जनता अभियान सोमबार, फाल्गुण २२, २०७९

फिल्म र संगीत क्षेत्रका कलाकारहरुले सोमबार आ-आफ्नै स्टाइलमा फागूपर्व (होली) मनाएका छन् ।
अभिनेता राजेश हमालले कपुरधारास्थित निवासमा आइपुगेका फिल्मकर्मीसँग रङ साटासाट गर्दै होली मनाए । अभिनेत्रीद्वय रेखा थापा र श्वेता खड्काले सँगै होली मनाए ।
अभिनेत्री मनीषा कोइरालाले सपरिवार होली मनाइन् । मनीषासँग होली मनाउन कांग्रेस नेतृ सुजाता कोइराला पनि पुगेकी थिइन् ।
फिल्म ‘छक्कापञ्जा ४’का कलाकारहरु निर्मल शर्मा, दीपाश्री निरौला,बेनिशा हमाल,केदार घिमिरेले बानेश्वर चोकमा आयोजित होली विशेष कार्यक्रममा भाग लिए । दीपकराज गिरी भने रेडियोले आयोजना गरेको होली कार्यक्रममा प्रस्तुत भए ।
यहाँ कमेन्ट गर्नुहोस्