सुटिङका क्रममा अभिनेता अमिताभ बच्चन घाइते

जनता अभियान सोमबार, फाल्गुण २२, २०७९

बलिउड अभिनेता अमिताभ बच्चन घाइते भएका छन्।  हैदराबादमा फिल्म ‘प्रोजेक्स के’को सुटिङका क्रममा बच्चन घाइते भएको बताइएको छ ।

उनको करङमा चोट लागेको छ। स्‍वास्थ्य जाँचपछि अमिलाभलाई मुम्बइ पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।हैदराबादको एआईजी अस्पतालमा उनले सिटी स्क्यान गराएका थिए।

स्वास फर्ने र हिँडडुल गर्न कठिनाइ भइरहेको र दुखाइ ठिक गर्न औषधि लिइरहेको उनले जानकारी दिएका छन्चिकित्सकले केही समय आराम गर्न सल्लाह दिएका छन्। उनले सबै भेटघाट र निर्धारित कार्यक्रम स्थगित गरेका छन्।

यहाँ कमेन्ट गर्नुहोस्