पर्शुराम बस्नेत प्रदेश खेलकुद बोर्डको सदस्य सचिवमा नियुक्त

जनता अभियान आइतबार, आश्विन २४, २०७८

प्रदेश खेलकुद बोर्डको सदस्य सचिवमा पर्शुराम बस्नेत नियुक्त भएका छन् । आइतबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले एमाले नेता बस्नेतलाई सदस्य सचिवमा नियुक्त गरेको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्री बलबहादुर साम्सुहाङले सदस्य सचिवमा बस्नेतलाई नियुक्त गरेको पुष्टि गरे । भोलि पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिइने उनले बताए ।

स्रोतका अनुसार परशुराम बस्नेतलाई सदस्य सचिव बनाउन पार्टी केन्द्रबाट लगातार दबाब आइरहेको थियो । खासगरी महासचिव इश्वर पोखरेलको ठूलो दबाब रहेकोले बस्नेतलाई सदस्य सचिवमा नियुक्त गरिएको प्रदेश मन्त्रीपरिषदका एक सदस्यले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्