जनता अभियान मंगलबार, फाल्गुण २३, २०७९

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएका छन् ।
एन्फा कम्प्लेक्समा हुने खेलमा चर्च ब्वाइज युनाइटेड र एफसी खुमलटार भिड्ने छन् । चर्च र खुमलटारबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । चर्च ब्वाइज लगातार दुई खेल जित्ने योजनामा रहेको छ । पहिलो खेलमा उसले पुलिस क्लबलाई हराएको थियो ।
खुमलटार पनि दोस्रो जितको खोजीमा रहेको छ । उसले पहिलो खेलमा फ्रेन्ड्सलाई हरायो । यस्तै, च्यासल मैदानमा फ्रेन्ड्स क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो साढे २ बजे नै सुरु हुनेछ । यी दुई टोली पहिलो जितको खोजीमा छन् । फ्रेन्ड्सले पहिलो खेलमा खुमलटारसँग हार बेहोरेको थियो । थ्रीस्टार एपीएफ क्लबसँग पराजित भएको थियो ।
यहाँ कमेन्ट गर्नुहोस्