लैंगिक समानताका लागि सबै मिलेर प्रयास गर्नुपर्नेमा झलनाथ खनालको जोड

जनता अभियान बुधबार, फाल्गुण २४, २०७९

 नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले लैंगिक समानताका लागि सबै मिलेर प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।

१ सय १३ औं अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त गर्दै खनालले यस्तो बताएका हुन । उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन, ‘अहिले पनि महिलामाथि हुने गरेका अन्याय, अत्याचार, विभेद र शोषणविरुद्ध पूर्णरूपले लैंगिक समानता स्थापना गर्ने काममा दृढताका साथ प्रयत्न जारी राख्न आग्रह गर्दछु ।’

आजको दिन महिला मुक्तिको दिन भएको स्मरण गराउँदै पूर्वप्रधानमन्त्री खनालले नेपालको संविधानले ३३ प्रतिशत महिला सहभागिता पुर्‍याउनु राजनीतिक उपलब्धि भएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्