जनता अभियान बुधबार, फाल्गुण २४, २०७९

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाका लागि १४ सदस्यीय क्रिकेट टीमको घोषणा गरेको छ ।
बिहीबारदेखि त्रिवि क्रिकेट मैदानमा हुने श्रृंखलाका लागि सन्दीप जोराको स्थानमा ललितनारायण राजवंशीलाई टीममा समावेश गरेको छ । मौसम ढकाल र सन्दीप जोरा, अर्जुन साउद र कमलसिंह ऐरी वैकल्पिक खेलाडीको सूचीमा छन् ।
नेपालले बिहीबार शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । दोस्रो खेल मार्च १२ मा यूएईसँग, तेस्रो खेल मार्च १३ र अन्तिम खेल पीएनजीसँग मार्च १६ मा खेल्नेछ ।
नेपाली टीममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जिसी रहेका छन् ।
त्यस्तै, वैकल्पिक खेलाडीहरूमा मौसम ढकाल, सन्दीप जोरा, अर्जुन साउद र कमलसिंह ऐरी रहेका छन् ।