अखिल क्रान्तिकारीद्धारा उम्मेदवारी घोषणा, अध्यक्षमा यादव र सचिवमा लम्साल

जनता अभियान बिहिबार, फाल्गुण २५, २०७९

अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटीद्वारा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि उम्मेदवारी घोषणा गरेको छ ।

विराटनगरमा आज पत्रकार सम्मेलन गरी महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा रोहित यादव विकास र सचिबमा आशिका लम्सालको उम्मेदवारी घोषणा गरिएको हो ।

अखिल क्रान्तिकारीले भोलीसम्ममा अन्य पदाधिकारी र सदस्यहरू टुंगो लगाउने अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पसको इन्चार्ज अभिमन्यु यादवले बताउनुभयो ।

स्ववियु सभापतिको उम्मेदवारी दिनुभएका यादव महेन्द्र मोरङ क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत हुनुहुन्छ । सचिवको उम्मेदवारका रुपमा उभिनुभएकी लम्साल बीए अन्र्तगतको राजनैतिक शास्त्र लिएर अध्यनरत हुनुहुन्छ । उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै लम्सालले विद्यार्थीहरूको हकहितमा लागिपर्ने बताउनुभयो ।

त्रिभूवन विश्वविद्यालयले स्ववियू निर्वाचनको कार्यतालिका अनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ ।

कार्यतालिका अनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ ।

यस्तै कार्यतालिका अनुसार फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावली माथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ ।

स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणाली अन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ ।

स्ववियू निर्वाचनमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो । निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन् ।

 

यहाँ कमेन्ट गर्नुहोस्