धरानबाट लागुऔषधसहित दुई जना पक्राउ

जनता अभियान सोमबार, फाल्गुण २९, २०७९

धरान उपमहानगरपालिका-१६ नौलोबस्तीबाट नियन्त्रित लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही ठाउँका २७ वर्षीय प्रभु साहसहित दुई जना रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

ट्रामाडोल १२ हजार २ सय क्याप्सुल र स्पास्पेइन ५ सय ३० क्याप्सुलसहित दुबैलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कोसी प्रदेश प्रहरी कार्यलय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्