जनता अभियान शुक्रबार, चैत्र ०३, २०७९

उपराष्ट्रपति पदको निर्वाचनमा संघतर्फ दुई सय ९१ र प्रदेशतर्फ पाँच सय दश मत खसेको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बानेश्वस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृत कार्यालयले दिउँसो २ बजेसम्म प्रतिनिधिसभा संसदका २९१ र प्रदेशसभा संसदका ५१० सदस्यले मतदान गर्नुभएको जानकारी दिएको हो ।
उपराष्ट्रपति पदका लागि रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झा उम्मेदवार हुनुहुन्छ । तीनै जना उम्मेदवार मतदानमा सहभागी भइसक्नुभएको छ । उपराष्ट्रपतिको मतदान समय दिउँसो ३ बजेसम्म तय भएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्