अल्लु अर्जुनले एउटै फिल्मका लागि लिए १२५ करोड

जनता अभियान शुक्रबार, चैत्र ०३, २०७९

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन सबैभन्दा महँगो पारिश्रमिक लिने कलाकार बनेका छन्।

पुष्पाः द राइज’बाट लोकप्रियता बढाएका उनले नयाँ फिल्मका लागि १ सय २५ करोढ भारतीय रुपैयाँ पारिश्रमिक लिएको बताइएको छ। फिल्म ‘भद्रकाली’का लागि उनले उक्त रकम चार्ज गरेका हुन्।जसको निर्माण सन्दीप रेड्डी बंगा र भूषणकुमार गर्दैछन्।

यसअघि दक्षिण भारतीय कलाकारमा सबैभन्दा धेरै पारिश्रमिक प्रभासले लिने गरेका थिए। उनले फिल्म ‘साहो’का लागि १०० करोड लिएका थिए।त्यस्तै रजनीकान्तले पनि १०० करोड नै लिने गरेका छन्। यसैगरी फिल्म ‘स्पिरिट’, ‘प्रोजेक्ट के’ र  ‘आदिपुरुष’का लागि पनि त्यति नै पारिश्रमिकमा काम गरिरहेका छन्।

अहिले ‘पुष्पा– २’मा काम गरिरहेका अल्लु यसपछि उक्त फिल्मका लागि काम गर्नेछन्। अहिले तेस्रो नम्बरमा रामचरण र जुनिएर एनटीआर छन्। उनीहरुले समान ७५ करोड रुपैयाँ लिने गरेका छन्। ‘आरआरआर’मा उनीहरुलाई एसएस राजमौलीले उक्त पारिश्रमिक दिएका थिए।

यसैगरी महेश बाबु ६० देखि ७० करोड, पवन कल्याण ५० करोड र विजय देवरकोन्डा ३५ करोड रुपैयाँ लिने गर्छन्। रवि तेजा र नानी २० करोड रुपैयाँ लिने गर्छन्।

यहाँ कमेन्ट गर्नुहोस्