जनता अभियान सोमबार, आश्विन २५, २०७८
रंगेली २५ असोज । विगतका वर्षहरुझंै यसवर्षपनि मोरङको रंगेलीस्थित संसारीदेवी भगवतीको मन्दिरमा भोली मंगलवार प्रदेसस्तरीय फुलपाती वढाई हुने भएको छ । पुर्वको प्रशिद्ध शक्तिपिठको रुपमा रहेको सो मन्दिरमा विहान साढे ९ वजे फुलपाती वढाइ हुनेछ ।
सो क्रममा गाजा–वाजा नेपाली सेना,नेपाल प्रहरी,सशत्र प्रहरी तथा ठुलो संख्यामा सर्वसाधारण सहितको कलशयात्रा र मन्दिर परिसरवाट निस्कने झाँकीले तिन किलोमिटर दुरी तय गर्दै रंगेली वडा नम्बर ६ स्थित स्कुलटोलमा रहेको वेलको रुखमा पुगेर त्यहाँ विधि पुर्वक पुजाआजागर्ने र पुनः मन्दिरमा आएर फुलपाती भित्र्याउने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्जीव श्रेष्ठले वताउनुभयो ।
फुलपात्किा दिन मन्दिरमा नेपाली सेना नेपाल प्रहरी तथा सशत्र प्रहरीले सलामी चढाउने गर्दछन । प्रदेस नम्बर एकका मुख्यमन्त्री भिम प्रसाद आचार्यको प्रमुख आतीथ्यमा हुने सो कार्यक्रममा प्रदेसका मन्त्री, राज्यमन्त्री, सचिव, विभिन्न राजनितिकदलका प्रदेस तथा केन्द्र सरकारका सासंद तथा दलका प्रतिनिधि र सर्वसाधारणको उल्लेख्य सहभागिता रहने जनाइएको छ ।
विराटनगरदेखी २० किलोमिटर पुर्व चिसाङ खोलाको किनारमा रहेको सो ऐतिहासिक मन्दिरमा नवरात्रीको अवसरमा अहिले पुजा–आजा र भजन किर्तनका कायृक्रमहरु भइरहेका छन । मनोकामना पुराहुने विश्वास गरिने सो मन्दिरमा पुजा–आजा र वलि चढाउन नेपालका मात्र नभएर भारतवाट समेत उल्लेख्य रुपमा भक्तजन आउने गदर्छन । मन्दिरप्रतिको भक्तजनको आस्था एवं विश्वास देखेर दुई वर्ष अघि प्रदेस सरकारले प्रत्येकवर्ष फुलपातीका दिन वर्ष सो मन्दिरमा प्रदेसस्तरीय वढाईगर्ने मन्त्री स्तरवाट निर्णय गरेको थियो ।
सो निर्णय हुनुअघि मन्दीर व्यवस्थापन समिति र स्थानीय वासिन्दाहरुको सहयोगमा प्रत्येकवर्ष फुलपातीका दिन विभिन्न कार्यक्रमहरु हुने गरेका थिए । मन्दिरको प्रसिद्ध र सर्वसाधारणको आस्थालाई महत्वदिंदै प्रदेस सरकारले सो मन्दिरमा प्रदेसस्तरीय वढाइकालागि मान्यता दिएको हो ।