जनता अभियान बुधबार, चैत्र ०८, २०७९

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिंदैछन्।
प्रदेशसभा सचिवालयले आज दिउँसो ३ बजे विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाएको छ।
यसअघि सरकारमा सहभागि भएको राप्रपाले आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो।
गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा माओवादी केन्द्र, राप्रपा र नेकपा एमालेको संयुक्त गठबन्धन बनेको थियो।
यहाँ कमेन्ट गर्नुहोस्