जनता अभियान बिहिबार, चैत्र ०९, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा आउने भएका छन् ।
ओली आज दिउँसो १ बजे भद्रपुर हुँदै दमक पुग्ने एमाले कोशी प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिए । ओली आज दमकस्थित आफ्नै निवासमा बस्नेछन् । उनले शुक्रबार मेची सहकारी संस्थाले दमक–२ मा निर्माण गरेका ४३ वटा आवास भवनको उद्घाटन गर्नेछन ।
यसैगरी भोलि नै एमाले झापाले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओली सहभागी भएर काठमाडौं फर्कने कार्यक्रम छ । पूर्वराजा ज्ञानेन्द्र शाह पनि झापामै रहेका छन् । बिहीबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत राप्रपाका शीर्ष नेताले पूर्वराजासँग भेट गरेका थिए ।
यहाँ कमेन्ट गर्नुहोस्