जनता अभियान बिहिबार, चैत्र ०९, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरु रोजगारीका लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्ने आश्वासन दिएका छन् ।
वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका, विदेशमा काम गरिरहेका र विदेशमा स्वरोजगार रहेका नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको बुधबार शुुभारम्भ गर्दै उनले यस्तो आश्वासन दिएका हुन । उनले भने, “विदेशमा रहेका युवाले जे जसरी देशको अर्थतन्त्रलाई योगदान पु¥याइरहनुभएको छ, यो अमूल्य छ । हामीले अब यहाँहरूको भावनाअनुसार काम गर्दै रोजगारीका लागि बाध्यात्मक रूपमा विदेश जानुपर्ने अवस्थाको अन्त्य गरेरै छाड्छौँ ।’’
वैदेशिक रोजगारीका लागि विदेशमा जाने वा गएका युवालाई कुुनै बहानामा दुःख दिने, ठगी गर्ने, ढिलासुस्ती गर्ने काम अब सरकारका लागि स्वीकार्य नहुुने उनले बताए । सरकारले विदेशमा जान चाहने युवालाई तालिम दिएर, दक्ष र सक्षम बनाएर मात्रै पठाउने गरी तयारी गरेको र यसका लागि छ महिनाभन्दा कम अवधिको तालिम प्रदान गर्न तालिमप्रदायक निकायको पुनर्संरचना बनाउन लागिएको उनले बताए ।