‘नाईं नभन्नू ल ६’ आगामी नयाँ वर्षबाट प्रदर्शनमा आउने

जनता अभियान बिहिबार, चैत्र ०९, २०७९

‘नाईं नभन्नू ल ६’ आगामी नयाँ वर्षबाट प्रदर्शनमा आउने भएको छ ।

फिल्मको एउटा गीत र टिजर सार्वजनिक भइसकेको छ । जसले फिल्म प्रति दर्शकको ध्यान खिच्न सफल भएको छ । यस्तैमा प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको अहिले काठमाडौँस्थित पशुपति क्षेत्रमा केही भागको छायांकन भैरहेको छ । जसमा कलाकार अनुभव रेग्मी र ‘प्रेमगीत ३’ की बाल कलाकार योगिशा खत्रीले अभिनय गरिरहेका छन् ।

फिल्मको छायांकन स्थलबाट सार्वजनिक भएको केही तस्बिरमा पनि अनुभव र योगिशासँगै देखिएका छन । तस्बिर अनुसार फिल्ममा अनुभव र योगिशा जोडीको रुपमा देखिने बताइन्छ । विकासराज आचार्यद्वारा निर्देशित फिल्मको दुई श्रृखलाबाट जोडिएका अनुभव यो श्रृखलामा पनि छुटेका छैनन । फिल्ममा अनुभव र योगिशाको अलवा आँचल शर्मा, आशिर्वाद क्षेत्री, प्रियंका कार्की, सरोज खनाल, केकी अधिकारीको पनि अभिनय छ ।

यहाँ कमेन्ट गर्नुहोस्