‘पठान’ अब ओटीटीमा पनि हेर्न पाइने

जनता अभियान बिहिबार, चैत्र ०९, २०७९

बलिउड अभिनेता शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको ब्लकबस्टर फिल्म ‘पठान’ को ओटीटी प्रिमियर भएको छ।

अभिनेता शाहरुख खान आफैंले यसको घोषणा गरेका छन्। केही समयअघि उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै ‘पठान’ अहिले प्राइम भिडियोमा रहेको जानकारी दिएका थिए।

शाहरुखको फिल्मको भव्य सफलतापछि दर्शकहरू लामो समयदेखि ओटीटीमा ‘पठान’ रिलिजको उत्सुकताका साथ पर्खिरहेका छन्। त्यसपछि फिल्मको प्रिमियर ओटीटीमा गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्