आज विश्व क्षयरोग दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

जनता अभियान शुक्रबार, चैत्र १०, २०७९

आज विश्व क्षयरोग दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

दिवसको अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले भक्तपुरस्थित कार्यालयमा बिहान १०ः४५ बजे विशेष समारोह आयोजना गरेको छ । सन १८८२ मार्च २४ का दिन डाक्टर रोबर्ट कोचले क्षयरोगको जिवाणु पत्ता लगाएका थिए । त्यसको १ सय वर्षपछि सन १९८२ मा २४ मार्चको दिनलाई विश्व क्षयरोग दिवसको रुपमा मनाउने गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले यस वर्षको दिवसको मुख्य नारा हो ! हामी क्षयरोग अन्त्य गर्छौं !’ तय गरेको छ । यही नाराका साथ नेपालमा पनि सप्ताहव्यापी रुपमा विश्व क्षयरोग दिवस मनाउँदै आइएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. नविन प्रकाश शाहले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन २०२१ मा संसारभर ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी करिब १ करोड ६ लाख मानिसहरु क्षयरोगबाट पीडित भएका थिए । क्षयरोग नियमित उपचारले निको हुने भए पनि सन् २०२१ मा संसारभर क्षयरोगका कारण करिब १६ लाख मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।

नेपालमा पनि हरेक वर्ष नयाँ तथा पुराना गरी करिब १ लाख १७ हजार क्षयरोगका बिरामी हुने गरेको केन्द्रले जनाएको छ । हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामीहरु थपिने र करिब १७ हजार जनाको क्षयरोगका कारण मृत्यु हुने अनुमान गरिएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा। शाह बताउँछन् । गत आर्थिक वर्ष २०७८र७९ मा नेपालमा ३७ हजार ८६१ जना क्षयरोगका बिरामीहरु उपचारमा दर्ता भएका थिए जसमध्ये ६१।६ प्रतिशत पुरुष, ३८।४ प्रतिशत महिदला र करिब ८।७ प्रतिशत बालबालिका रहेका थिए । ९१।५ प्रतिशत बिरामीको उपचार भने सफल भई निको भएको तथ्यांक छ ।

यहाँ कमेन्ट गर्नुहोस्