जनता अभियान शुक्रबार, चैत्र १०, २०७९

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिँदैछन् ।
यसअघि बिहीबार पनि सो तयारी गरेका जम्कट्टेलले कांग्रेस बैठकमा अनुपस्थित हुने भएपनि लिन पाएका थिएनन् । सो दिन स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको हो । यसअघि नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिएपछि फेरि विश्वासको मत लिन लागेका हुन ।
यहाँ कमेन्ट गर्नुहोस्