फिल्म ‘गणपति’ जेठ ५ गतेदेखि प्रदर्शनमा

जनता अभियान शुक्रबार, चैत्र १०, २०७९

 नेपाली फिल्म ‘गणपति’ जेठ ५ गते रिलिज हुने भएको छ ।

फिल्म निर्माण पक्षले रिलिज मिति घोषणा गर्दै फिल्मको पोस्टरसमेत सार्वजनिक गरेको हो । बुधबार सार्वजनिक पोस्टरमा प्रमुख कलाकारद्वय मुकुन भुसाल र मेनुका प्रधान देखिन्छन । त्यसका साथै, गणेशको अनुहार झल्किने मुकुन्डो लगाएका एक व्यक्ति अग्रभागमा छन् ।

फिल्मले पछिल्लो समय समाजमा घटेका घटनालाई चित्रण गरेको निर्देशक सविन अधिकारीको भनाइ छ । समाजले कुनै बेला भगवान मान्ने व्यक्तिलाई त्यही समाजले गर्ने नरकीय व्यवहार वरपर फिल्मको कथा घुमेको उनले बताए । निर्देशक अधिकारीकै कथामा बनेको फिल्ममा मुकुन र मेनुकासँगै कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीकाभक्त जिरेल, सुशील पोखरेल, देवेन्द्र बब्लु लगायतका कलाकारले अभिनय गरेका छन् ।

एबिगम्यान फिल्म्स ब्यानरको फिल्म निर्माण भएको ‘गणपति’ को छायांकन तनहुँको थारुवासमा गरिएको हो । लक्ष्मण थापाको लगानी रहेको फिल्म हरिबहादुर घलेको छायांकनमा तयार भएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्