जनता अभियान शुक्रबार, चैत्र १०, २०७९

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमानी बनाएका छन् ।
राष्ट्रिय टिमका लागि १९७औं खेल खेल्दै कीर्तिमान बनाएका रोनाल्डोले दुई गोल गरेपछि पोर्चुगलले युरो २०२४ को छनोटको पहिलो खेलमा लिचेस्टाइनलाई ४–० ले पराजित गरेको छ ।
युरो छनोट अन्तर्गत समूह ‘जे’ को खेलमा रोनाल्डोले पहिलो गोल ५१औं मिनेटमा पेनाल्टीमार्फत गरेका थिए । यस्तै ६३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई फराकिलो जित दिलाए । त्यसअघि जाओ कान्सेलोले आठौं र बर्नार्डो शिल्भाले ४७ औं मिनेटमा गोल गरेका थिए । जितपछि पोर्चुगलले ३ अंक जोडेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्