देवानगन्जमा ‘देवानगन्ज पब्लिक स्पिकर–२’ सुरु

जनता अभियान सोमबार, आश्विन २५, २०७८

देवानगन्ज २५ असोज । नासा ईन्भेष्टमेन्ट प्रालिले सुनसरीको देवानगन्ज गाउँपालिकामा ‘देवानगन्ज पब्लिक स्पिकर–२’ सुरु गरेको छ । आइतबारबाट फेमिलियर इभेन्ट म्यानेजमेन्ट देवानगन्जको व्यवस्थापनमा हुने उक्त प्रतियोगिता सुरु भएको हो ।

सो प्रतियोगिता कात्तिक १ गतेसम्म हुने उक्त प्रतियोगितामा एक सय ५० जनासम्मको सहभागिता हुने नासा ईन्भेष्टमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत अरविन्द मेहताले जानकारी दिए । उनका अनुसार देवानगन्ज गाउँपालिकाभरिमा लुकेर रहेको प्रतिभाहरुलाई हामीले यस प्रतियोगिताको माध्यमबाट बाहिर ल्याउने, गाउँघरमा रहेको प्रतिभाशाली व्यक्तिहरूलाई अवसर प्रदान गरिने छ ।

सहभागीहरुलाई ५ चरणका प्रतियोगिता गरी पहिलो हुनेलाई रु २१ हजार, दोस्रो हुनेलाई रु ११ हजार र तेस्रो हुनेलाई रु पाँच हजारको पुरस्कारसहित ट्रफ्री प्रमाणपत्र प्रदान गर्ने र सहभागी सम्पूर्णलाई प्रमाणप्रत्र प्रदान गरी प्रोत्साहन गर्ने कार्यक्रम रहेको छ ।

देवानगन्ज गाउँपालिकामा रहेको सातवटै वडाबाट सुरु हुने उक्त प्रतियोगिता फाइलनबाहेक वडा नम्बर ३ को सभाहलमा हुने र फाइलन वडा नम्बर २ को सामुदायिक भवनमा हुने आयोजकले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्